संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कान्तिपुर दैनिकका लालप्रसाद शर्मा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार पोखरामा भएको पहिलो अधिवेशनबाट शर्मा सर्वसम्मत निर्वाचत भएका हुन् ।
समितिको उपाध्यक्षमा द हिमालयन टाइम्सका पोखरा प्रमुख एवं समाधान दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, सचिवमा नागरिक दैनिकका विशन क्षेत्री, सहसचिवमा सबैको आवाज साप्ताहिकका सम्पादक तारा चापागाईं र कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका संवाददाता रोहितराज पराजुली निर्वाचित भएका छन् ।
सदस्यमा हिमाल खबरपत्रिकाका संवाददाता युवराज श्रेष्ठ, एपी वान टिभीका संवाददाता सागरराज तिमिल्सिना, नागरिक दैनिकका फोटो पत्रकार उमेश पुन, अनलाइनखबरका फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ आदर्श समाजका संवाददाता प्रकाश ढकाल र गण्डकी टिभीका संवाददाता उमा आले छन् ।
मञ्चले २४ वैशाखमा तदर्थ समिति गठन गरेको थियो । अधिवेशनमा मञ्चका सचिव विशन क्षेत्रीले पेस गरेको प्रतिवेदन र कोषाध्यक्ष रोहितराज पराजुलीले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।