Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Tuesday, February 19, 2019 | मंगलबार, फागुन ७, २०७५
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
पर्साका स्थानीय तहमा एक अर्ब ५५ लाख रूपैयाँ बेरुजु
स्पेसखबर
स्पेसखबर वीरगञ्ज, २७ माघ
पर्साका स्थानीय तहमा एक अर्ब ५५ लाख रूपैयाँ बेरुजु

दुई दशकपछि स्थानीय तहमा आफैले चुनेका जनप्रतिनिधिले गाउँको विकास गर्ने अपेक्षा मतदाताले लिएका थिए। तर जनप्रतिनिधिमा देखिएको अन्योल, समस्या र बजेटमाथिको गिद्धेदृष्टिका कारण प्रदेश नं २ को पर्सा जिल्लामा रहेको स्थानीय तहमा भने जनअपेक्षाअनुसार बजेट खर्च हुनसकेको छैन।

सिंहदरबारको अधिकार स्थानीय तहमा बाँडिए पनि विकासप्रति उत्तरदायी हुन नसक्दा पर्सामा १ अर्ब ५५ लाख ८८ हजार रूपैयाँ बेरुजु भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको छ।

स्थानीय चुनावपछि जितेर आएका जनप्रतिनिधिबीच देखिएको आपसी वैमनस्यको प्रत्यक्ष असर विकास निर्माणमा परेको गुनासो पर्साका दुर्गम ठोरी गाउँपालिका–५ सुवर्णपुरका सामाजिक अभियानकर्मी चन्द्रबहादुर श्रेष्ठले गरे। उनले भने, 'सङ्घीय सरकारले स्थानीय तहलाई भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, महिला विकास, समाजिक सुरक्षा योजना अनुगमनलगायतका जिम्मेवारी प्रदान गरे पनि दरबन्दीअनुसारको दक्ष कर्मचारी अभावमा विकासे योजना कार्यान्वयन नहुँदा बेरुजु बढ्न गएको छ।'

पर्सामा बेरुजु भएको रकममध्ये वीरगञ्ज महानगरपालिकामा ५१ करोड २२ लाख, पोखरिया नगरपालिकामा दुई करोड ९१ लाख, बहुदरमाई नगरपालिकामा पाँच करोड ५२ लाख, पर्सागढी नगरपालिकामा पाँच करोड आठ लाख रूपैयाँ बेरुजु भएको देखिन्छ।

यसैगरी पर्साका गाउँपालिकामा भएको बेरुजुको तथ्याङ्कलाई हेर्ने हो भने ठोरी गाउँपालिकामा चार करोड ५० लाख, जगरनाथपुर गाउँपालिकामा  तीन करोड ५८ लाख, धोबिनी गाउँपालिकामा चार करोड सात लाख, छिपहरमाई गाउँपालिकामा पाँच करोड १३ लाख, पकहामैनपुर गाउँपालिकामा चार करोड ४५ लाख, विन्दवासिनी गाउँपालिकामा चार करोड ५९ लाख, सखुवाप्रसौनी गाउँपालिकामा चार करोड ६१ लाख, पटेर्वासुगौली गाउँपालिकामा पाँच करोड नौ लाख तथा वीरगञ्ज महानगरपालिकामा गाभिएको तत्कालीन वेलवामा चार करोड ६७ लाख रूपैयाँ बेरुजु देखिएको छ।

प्रदेश नं २ को आठ जिल्लामध्ये पर्साका अधिकांश स्थानीय तहमा दरबन्दीअनुसारको कर्मचारी अभाव देखिएका कारण जनप्रतिनिधिका लागि योजना छनोट गर्ने काम चुनौतीपूर्ण देखिएकाले यस्तो अवस्था आएको निर्मलबस्तीका लालबहादुर श्रेष्ठको भनाइ छ।

निर्वाचित जनप्रतिनिधिले बेरुजु रकम फछ्र्योट गर्न नसकेको, बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिल भर्पाइ नराखेको, गाउँसभा र नगरसभाको निर्णयबेगर योजना सञ्चालन गरेको, नक्कली उपभोक्ता समिति गठन गरी ठेकेदारमार्फत काम गराएको, अनुगमन मूल्याङ्कन कमजोर भएको, सेवाप्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेको जस्ता त्रुटीका कारण विकासे बजेट बेरुजु भएको बताइएको छ।

वीरगञ्ज महानगरपालिकामा मात्र देखिएको रु ५१ करोड २२ लाख बेरुजुबारे जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुसालले के–के शीर्षकमा बेरुजु भएको छ, त्यो बारे हेर्न बाँकी रहेकाले अहिले बेरुजुबारे केही भन्न नसकिने बताए। 

जनप्रतिनिधि नयाँ भएको र नगरसभा ढिलो भएकाले बेरुजु रकम बढ्नसक्ने पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले बताइन्। उनका अनुसार बेरुजु रकम पुरानो भएकाले त्यसलाई नयाँ योजनामा खर्च गरिने छ। जनप्रतिनिधिबीचको आन्तरिक किचलो, कर्मचारी व्यवस्थापन, नगर प्रमुख-उपप्रमुखबीचको मनमुटावका कारण पछिल्लो रकम खर्च हुन नसक्दा विकास निर्माणको काम पछि धकेलिएको पर्सावासीको आरोप छ। पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन्।

प्रकाशित मिति: आइतबार, माघ २७, २०७५, ०१:३१:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
  • सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
  • आइसीसी महिला विश्वकप छनोटः नेपालकाे विजयी शुरुआत
  • अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
  • लाेकतान्त्रिक प्रक्रियामा अवराेध गर्नेमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली
  • सैनिक मञ्च टुँडिखेलमा मनाइयाे राष्ट्रिय प्रजातन्त्र दिवस
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
साइकलको भरमा परिवार पाल्दै कञ्चनपुरका महिला
साइकलको भरमा परिवार पाल्दै कञ्चनपुरका महिला
आज देशभरकाे माैसम कस्ताे रहला?
आज देशभरकाे माैसम कस्ताे रहला?
सामाजिक सुरक्षामा किन उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता?
सामाजिक सुरक्षामा किन उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता?
श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै
श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै
कर्मचारी संघमै आकर्षित प्रदेश र स्थानीय तहमा अभाव
कर्मचारी संघमै आकर्षित प्रदेश र स्थानीय तहमा अभाव
  • ताजा समाचार
  • ट्रेण्डिङ
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
आइसीसी महिला विश्वकप छनोटः नेपालकाे विजयी शुरुआत
आइसीसी महिला विश्वकप छनोटः नेपालकाे विजयी शुरुआत
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
लाेकतान्त्रिक प्रक्रियामा अवराेध गर्नेमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली
लाेकतान्त्रिक प्रक्रियामा अवराेध गर्नेमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली
सैनिक मञ्च टुँडिखेलमा मनाइयाे राष्ट्रिय प्रजातन्त्र दिवस
सैनिक मञ्च टुँडिखेलमा मनाइयाे राष्ट्रिय प्रजातन्त्र दिवस
मादुरोको साथ छाड्न भेनेजुएलाका सेनालाई राष्ट्रपति ट्रम्पकाे आग्रह
मादुरोको साथ छाड्न भेनेजुएलाका सेनालाई राष्ट्रपति ट्रम्पकाे आग्रह
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान 1
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन् 2
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन्
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा 3
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या 4
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’ 5
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’
सूचना - प्रविधि थप
नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार
विश्व रेडियाे दिवस मनाइँदै
काम नपाएर सुपर कम्प्युटर बनेपाकाे आईटी पार्कमै थन्कियाे
ग्लोबल थप
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै एनआरएनए नाइजेरियाले रक्तदान गर्दै स्पेसखबर
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु हरिकृष्ण न्यौपाने
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु हरिकृष्ण न्यौपाने
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता माधव धिताल मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी) अास गुरूङ (लमजुङ)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP