सरकारी पैसाले रक्सी खान पाइँदैन। तर, यो नियमलाई खिल्ली उडाउँदै धरान उपमहानगरले पर्यटन प्रवर्द्धनको बजेट रक्सीमा स्वाहा पारेको छ।
उपमहानगरले पर्यटन विकासमा छुट्याएको ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ जनप्रनिनिधि र कर्मचारीले भोजभतेरमै सकेका हुन्। उनीहरुले मदिरा सेवन, घुमफिर र मासुभातमा बजेट दुरुपयोग गरेका हुन्।
उपमहानगरले उक्त बजेटबाट पर्यटक प्रवर्द्धनको भने कुनै काम गरेको छैन। पर्यटनमा विनियोजन गरेको रकम दुरुपयोग गरी नीतिगत भष्ट्राचार गरेको प्रमाण भेटिएको हो।
पर्यटन शीर्षकमा उपमहानगरले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए।अन्नपूर्ण पोस्टमा खबर छ।