युनेस्कोका परामर्शदाता तथा स्टोन विशेषज्ञ कन्स्ट्यान्टिनो म्युचीले स्तम्भको सूक्ष्म अध्ययन गरेका थिए। स्तम्भमा आईआर क्यामरा र अत्याधुनिक उपकरण जडान गरेर अनुसन्धान गर्दा सिमेन्टका कण, जिप्सम, क्रिस्टल र साना ढुंगा टाँसिएको पाइएको थियो। स्तम्भको बाहिरी क्षेत्रमा सल्फर, धूवाँ, धुलो, प्लास्टिकका टुक्रा पाइएको थियो।
पुरातत्त्वविद्ले यस्ता हानिकारक तत्त्वबीच रासायनिक प्रतिक्रिया भएर स्तम्भ क्षयीकरण भएको बताएका छन्। यो स्तम्भ हल्का फुक्का रङको बलौटे ढुंगाको हो। यसमा रासायनिक कणले धेरै असर गरिरहेको हुन्छ। तत्काल नदेखिए पनि दीर्घकालमा असर पुर्याउने पुरातत्त्वविद्को भनाइ छ। कान्तिपुरमा खबर छ।