प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका मकवानपुरको बकैया गाउँपालिका ४ निबासी दुधवहादुर लो पक्राउ परेका छन् ।
घट्टघरे कान्छा नामले चिनिएका लोलाई ३ नं प्रहरी प्रदेश कार्यालयको क्षत्रीय अनुसन्धान समूहबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।उनीमाथि काठमाडौँ कुलेश्वरका प्रमोद चौरीको छोरा अपहरणमा संलग्नताको आरोप छ ।
६ बर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न प्रहरीले पटक पटक प्रयास गरेपनि सफल हुन सकेको थिएन ।
हिँडडुल गर्दा समेत हातहतियारसहित हिँड्ने गरेको लोलाई पक्राउ गर्न विभिन्न प्रहरी कार्यालयहरुले पटकपटक गरेको प्रयास असफल भइरहेकोमा ३ नं प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूहले पक्राउ गर्न सफल भएको हो ।
समूहका प्रहरी निरीक्षक रोशन थापा नेतृत्वको प्रहरीले उनलाई पक्रेर आवश्यक अनुसन्धान गरिरहेको ३ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लुकेर गाउँमै बस्दै गरेका बेला पनि लोले गाउँमा झैझगडा गर्ने, कुटपिट गर्ने, जबरजस्ती असुली गर्ने लगायतका क्रियाकलापहरु गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।
२०५९ साल फागुन २१ गते काठमाडौँको कालिमाटीस्थित प्रमोद चौधरीका १७ बर्षीय छोरा सोनु चौधरीको अपरण र अन्य आपराधिक क्रियाकलापमा उनको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ ।