नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले, प्रदेश सरकारले बनाउने कानुुन प्रेस मैत्री हुुनुुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा आज आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रता माथि अंकुुस लगााउने काम कहिकतैबाट हुुन नहुुने बताए । उनले प्रदेशको संसदबाट बन्ने कानुुन प्रेश स्वतन्त्रता मैत्री हुुनु आवश्यक रहेकोमा पनि जोडदिए ।
केही महिना अघि विराटनगरमा भएको पत्रकारहरुको राष्ट्रिय सम्मेलनको निर्णय कार्यान्वयन गर्न आफूसहित पत्रकार महासंघको पद्धाधिकारीको टोली सातवटै प्रदेशमा पारिचालन भएको बताए ।
अध्यक्ष आर्चायले प्रेस मैत्री कानुुन बनाउन प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राई समेत सहमतभएकाले अब वन्ने कानुुनले प्रेशको मर्यादालाई वढाउने विश्वस व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कन्द्रीय सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश न १ का अध्यक्ष विक्रम लुुईटेल, महासचिव विवेक गौतम पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धुु पोखरेलले प्रेसको मुुद्धा संवोधन हुुनेगरी प्रदेशसभाले कानुुन निर्माण गर्नुुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष आचार्य सहितको टोलीले आज मुुख्यमन्त्री शेरधन राईलाई भेटेर प्रेशको मागालाई समेटेर कानुुन निमार्ण गर्न आग्रह गरेको थियो ।
कार्यक्रममा संचारकर्मीहरुले डेढवर्ष अघि आएको बाढिका कारण मोरङका पत्रकारहरु समेत बाढि पीडित भएको भन्दै पत्रकार महासंघले बाढि पिडितहरुको नाम संकलन गरेपनि कुुनै सहयोग नआएको गुुनासो गरेका थिए ।