साउदी अरब र पाकिस्तानकाबीचमा २० अर्व डलरको सम्झौता भएको छ।
साउदीका राजकुमार मोहम्द विन सलमान २ दिने पाकिस्तान भ्रमणका बेला यस्तो सम्झौता भएको हो।
२० अर्व डलर मध्ये ८ अर्व पाकिस्तानको ग्वादर नजिकै तेल रिफाइनर कम्पनीमा खर्च गरिने छ।
राजकुमार सलमानले पाकिस्तानको भविष्य उज्जवल रहेको बताउँदै पहिलो पटक पाकिस्तानको विकासका लागि साउदी अरबले लगानी गर्न लागेको पनि बताए।
राजकुमार सलमानलाई स्वागत गर्न पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद एयरपोर्ट पुगेका थिए।