नेपाली महिला अधिकारकर्मी वन्दना राणा संयुक्त राष्ट्रसंघीय समिति(सीईडीएडब्ल्यू)को उपाध्यक्षमा निर्वाचित भएकी छिन् । संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो नेपाली पनि हुन ।
अाज भएको चुनावमा उनी दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । सीईडीएडब्ल्यू सन् १९८३ मा स्थापित भएको थियो । यसमा विश्भरबाट महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्छन् ।