विहान पानी परेपछि काठमाडाैं उपत्याकासहित केही ठाउँमा चिसाे बढेकाे महशुस गरिएकाे छ।
आज काठमाडाैंसहित मध्य तथा पश्चिमका केही ठाउँमा पानी परेकाे जल तथा माैसम विज्ञान महाशाखाले जनाएकाे छ।
आज दिउँसाे देशभर माैसम बदली भइ पश्चिम र पूर्वका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन। उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना पनि रहेकाे जनाइएकाे छ। पश्चिमी वायुकाे प्रभाव अझै नहटि सकेकाले बिहीबारसम्म माैसम सफा नहुने जनाइएकाे छ।
फागुन ०७ गते (मंगलवार):-
दिउँसो :देशको मध्य र पश्चिमि भू-भाग लगायत पूर्वी पहाडि भेगहरुमा आंशिक बदलि रहनेछ भने देशको अन्य भू-भागमा मौसम सामन्यतया सफा रहनेछ। पश्चिमि भेगका केहि स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ। हिमालि भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
राति : देशको पहाडी भेगमा आंशिक बदलि भई पश्चिमि र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहितको हल्का वर्षा हुने संभावना भने अन्यत्र मौसम सामान्यतया सफा रहनेछ। हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
फागुन ०८ गते (बुधबार):-
दिउँसो : देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । पश्चिमि उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशको पश्चिमि भेगमा पूर्ण बदलि रहनेछ भने अन्य भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ।पश्चिमि भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
फागुन ०९ गते (विहिबार):-
दिउँसो :देशको पश्चिमि भेगमा सामान्यतया बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य देखि आंशिक बदलि रहनेछ। पश्चिमि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ भने मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ।
राति : देशको पश्चिमि भेगमा सामान्यतया बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य देखि आंशिक बदलि रहनेछ। पश्चिमि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ भने मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ।