नेपाल ट्रेड युुनियन कांग्रेससंग आवद्ध नेपाल सार्वजनिक सेवा कर्मचारी संघ एक नम्वर प्रदेशको नयाँ कार्यसमिति गठन भएको छ
शनिबार भएको प्रदेशस्तरीय पहिलो अधिवेशनले सविन दाहालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो। महिला उपाध्यक्षमा विमला वास्तोला, उपाध्यक्षमा राजुु महर्जन तथा राजाराम घिमिरे चयन भएका छन् भने सचिवमा वौवालाल चौधरी, सह–सचिवमा रमाकान्त चौधरी र कोषाध्यक्षमा दिलकुुमारी राई खापुुङ चयन भएका छन्।
त्यस्तै, सदस्यमा सुुनिल पोखरेल, विजय शिवाकोटी, नविन प्रधान, शान्ता गौतम, ईश्वर राजवंशी, पदम राई, सरदकुुमार श्रेष्ठ र वेदवहादुुर निरौला चयन भएको संघका केन्द्रीय सदस्य फिरोज आलमले जानकारी दिए।
यसअघि अधिवेशनको उद्घाटन कार्यक्रममा एक नम्वर प्रदेश सांसद केदार कार्कीले कर्मचारीको हकहितका लागि एकता आवश्यक भएकोमा जोड दिए। कार्यक्रममा नेपाल ट्रेड युुनियन कांग्रेस एक नम्वर प्रदेश अध्यक्ष नारायणवावुु कार्की, नेपाल सार्वजनिक कर्मचारी संघका जर्नादन भट्टराई तथा एक नम्वर प्रदेश संयोजक प्रमिला ढुुंगानाले अधिवेशनको सफतताको शुुभकामना दिएका थिए।