ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भुजेलले प्रतिस्पर्धी भोजकुमार श्रेष्ठलाई ११ मतान्तरलेपछि पार्दै ३ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
१ सय १९ मत रहेकोमा भुजेलले ६४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी श्रेष्ठले ५३ मत प्राप्त गरे । बाँकी २ मत बदर भएको निर्वाचन समितिले बताएको छ ।
समितिको प्रथम उपाध्यक्षमा सुशीलराज पौडेल विजयी भए । उनी प्रतिस्पर्धी विश्वराज अधिकारीलाई ९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । पौडेलले ६३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी विश्वराज अधिकारीले ५४ मत प्राप्त गरे ।
द्वितीय उपाध्यक्षमा ५३ मत ल्याएर धर्मराज पन्थी विजयी भए । उनका निकटम प्रतिस्पर्धी दिवस लामिछानेले ४४ र श्यामकृष्ण थापाले १७ मत प्राप्त गरे ।
समितिको सचिवमा जीवनराज सापकोटा ५२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी रामचन्द्र अधिकारीले ४० र मिलन तिवारीले २३ मत प्राप्त गरे । सहसचिवमा उदय सुवेदी ६९ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी थानेश्वर बरालले ४४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा सबैभन्दा फराकिलो मतान्तर ५५ मतले पछि पार्दै कृष्णप्रसाद आचार्य विजयी भए । विजयी आचार्यले ८१ मत प्राप्त गरे भने प्रतिस्पर्धी किसमकुमार गुरुङले ३६ मत प्राप्त गरे । समितिका सदस्यमा प्रकाश बस्ताकोटी (८६), विश्वहांग राई (७२), राधिका पौडेल (७२), कालीबहादुर नेम्वाङ (७१), विकास गुरुङ (६९) र रेशम अधिकारी विजयी भए ।