फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले बिहिबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १६० औँ स्थानमा थियो ।
दक्षिण एसियाली देशहरूमा भारत सबैभन्दा माथि ९७ औँ, माल्दिभ्स १५१, भूटान १८८ आैँ स्थानमा रहँदा बङ्गलादेश १९४आैँ, पाकिस्तान १९९औँ र श्रीलङ्का २०१आैँ स्थानमा रहेका छन् ।
विश्व बरियतामा बेल्जियमले शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इङ्ल्याण्ड पाँचौ, छैटौँमा उरुग्वे, सातौँमा पोर्चुगल, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा स्पेन र दशौँमा डेनमार्क रहेका छन् ।