एएफसी अन्डर १९ छनोट च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको छ ।
थाईल्याण्डमा शुक्रबार भएको समुह चरणको दोस्रो खेलमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालकाे तर्फबाट दुवै गाेल रेखा पाैडेलले गरेकी हुन् ।
जितसंगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनेको छ । नेपालले समुहमा तीन अंक जोडेको छ ।
नेपाल र भारतको समान ३ अंक भएको छ । नेपालले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसंग खेल्नेछ । भारतले बलियो प्रतिद्धन्दी थाईल्याण्डसंग खेल्नेछ ।