पोखरा प्रिमियर लिग अन्तर्गत वुटवलले बलास्टरले चितवनलाई १३६रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको हो।
शंकर रानाले ४८ तथा सागर पुनले ४६रन जोडेपछि बुटवलले सम्मानजनक स्कोर खडा गरेको हो।
यसैगरी सिद्धान्त लोहनी १७ रनमा नट आउट रहँदा सोमपाल कामी ६रन बनाएर रन आउट भएका थिए।
चितवनका करन केसीले २ विकेट लिए।