यू–१५ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ।
समूह बीमा रहेको पाकिस्तानले पहिलो खेलमा भारतलाई २–१ ले पराजित गरेको पाकिस्तानले शनिबार भएको दोस्रो खेलमा भूटानमाथि ४–० को जित निकालेको हो।
पाकिस्तानले सबै गोल पहिलो हाफमा मात्रै गरेको हो। २० औं मिनेटमा मुदासर नजरले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। यसैगरी इफ्तिकर अहमदले २३ औं मिनेटमा गोल गर्दै पाकिस्तानको अग्रता दोब्बर पारे।
त्यसैगरी एक पक्षिय खेलमा २९औं मिनेटमा पाकिस्तानले तेस्रो गोल गरेको थियो। जसमा मोइन अहमदले गोल गरेका हुन्। यसैगरी ४२औं मिनेटमा मोइन अहमदले व्यक्तिगत दोस्रो तथा पाकिस्तानका लागि चौथो गोल गरे।
दोस्रो हाफमा थप गोल नभएपछि पाकिस्तानले भूटानमाथि ४–० को फराकिलो जित निकाल्न सफल भयो। आजै अर्को खेलमा माल्दिभ्स र बंगलादेश भिड्दैछन्।