पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोज बुटवल बलास्टरसँग ७० रनले पराजित गरेको छ ।
पोखरा रंगशालामा आज भएको पहिलो खेलमा १३६ रनको लक्ष्य पछ्याएको चितवन १६.५ ओभरमा ६५ रन बनाउँदै अल आउट भयो । चितवनलाई सस्तैमा समेट्न क्रममा बुटवलका कप्तान सोमपाल कामी खतरनाक सावित भए ।
उनले ४ जना ब्याट्सम्यानलाई पेभेलियन पठाएका थिए । ललित भण्डारीको नाममा २ विकेट रह्यो । चितवनका भुवन कार्कीले १९ तथा कप्तान पारसले १० रन जोड्नु बाहेक अरुले सम्झन लायक प्रदर्शन गरेनन् ।
टस हारि पहिला ब्याटिङ गरेको बुटवलको सुरुआत राम्रो हुन नसके पनि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । शंकर रानाले ४८ तथा सागर पुनले ४६ रन बनाएका थिए । चितवनका करन केसीले २ विकेट लिएका थिए ।