पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा धनगढ ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य दिएको छ।
आज भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा १८२ रन बनाउँदै अल आउट भएको थियो।
धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए। तर दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमाएको थियो।
धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे। अन्तिममा सौरभ खनालले विस्फोटक पारि खेल्दै ४१ रन जोडेपछि विराटनगरलाई ठूलो चुनौती दिन सफल भएको हो। बलिङ तर्फ विराटनगरका जितेन्द्र मुखियाले चार विकेट लिएका थिए।