एएफसी यू १९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९-० ले पराजित गरेको छ ।
चोनबुरी रंगशालामा भएको खेलमा नेपालको लागि मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकि थिइन् । यस्तै ३१ औं मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन् । अलिसा जिम्बाले ३७ औं मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाइन ।
दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता बढाएको थियो । ४८ औं मिनेटमा सम्झना लावतीको क्रसमा पुजा रानाले हेडरमार्फत गोल गरिन् । त्यसको केहि मिनेटमै पुजाले अर्को गोल थपिन । ५७ औं मिनेटमा निशा थोकरले अर्को गोल गरिन् ।
७४ औं मिनेटमा निशाले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ७-० को अग्रता दिलाइन । निशाले नै ८५ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता बढाइन । कप्तान सरु लिम्बूले ८९ औं मिनेटमा गोल गर्दै ९-० ले अगाडी बढाइन ।यससँगै नेपाल एएफसी यू १९ च्याम्पियनसिपको अर्को चरणमा पुग्ने सम्भावना बलियो भएको छ ।