इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले एर्भटनलाई पराजित गरेको छ। गए राति घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा म्यान युले एर्भटनलाई २–१ ले हराएको हो।
म्यान युले २७ औ मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो। ४९ औ मिनेटमा एन्थोनी मार्टियलले म्यान्यूकाे अग्रतालाई दोब्बर पारे। ७७ औ मिनेटमा एर्भटनका जिल्फी सिगुर्सनले पेनाल्टीमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए।
तर दुवै टोलीबाट थप गोल हुन नसकेपछि म्यान युले ३ अंक जोड्न सफल भएको हो। म्यान युले ८ खेलबाट १७ अंक सहित तालिकाको ८ औ स्थानमा छ। १५ अंक सहित एर्भटन नवौ स्थानमा छ।