यू–१५ साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दैछन्।
एन्फा मैदान सातदाेवाटाेमा अाज दिउँसाे साढे २ बजे हुने खेलकाे नतिजाले समूहकाे विजेता र उपविजेता टुंगाे लगाउने छ। नेपाल र बंगालदेशले माल्दिभ्समाथि जित निकाल्दै समान तीन तीन अंक जाेडेका छन्।
समान अंक भए पनि गोल अन्तका आधारमा बंगलादेश शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ । माल्दिभ्स दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो।