म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। सोमबार भएको खेलमा टोटनहमलाई पराजित गर्दै सिटीले तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको हो।
सिटीले १० खेलबाट २६ अंक जोड्यो। समान अंक भएपनि लिभरपुल गोल अन्तरका आधारमा दाेस्रो स्थानमा रह्यो। चेल्सी २४ अंक सहित तेस्रो स्थानमा छ।
टोटनहमको घरेलु मैदान वेम्वलीमा भएको खेलमा सिटीलाई जित दिलाउन रियाद महरेजले विजयी गोल गरे। खेलको छैटौ मिनेटमा उनले गरेको गोल सिटीलाई ३ अंक दिलाउन पर्याप्त बन्यो।
टोटनहमले आगामी बुधबार वेस्टहमसंग काराबाओ कपको चौथो चरणको खेल खेल्नेछ। चौथो चरणकै खेलमा सिटीले बिहिबार फुलहमलाई आतिथ्यता प्रदान गर्नेछ।