पोखरा प्रिमियर लिग क्रिकट पीपीएलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य दिएको छ। चितवनले निर्धारित ओभरमा ५ बिकेट गुमाउँदै १९३ रन बनाएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट सुरुआत गरेको थियो। पहिलो विकेटका लागि हरिशंकर साह र अनिल साहले १०१ रनको साझोदारी गरेका थिए।
जुन साझेदारी यप पीपीएलकै सर्वाधिक ठूलो साझेदारी हो। पहिलो विकेटकारुपमा अनिल साह ३७ रन बनाएर आउट भए। अर्का ओपनर हरिशंकर साहले अर्धसतकीय पारि खेल्दै ५३ रन बनाए।
लगातार दुई विकेट गुमाए पछि चितवनको रन बनाउने रफ्तारमा कमी आएको थियो। तर नट आउट रहेका सन्नी पटेल र करन केसीले २६ र ११ रन बनाएका थिए।
स्मित पटेलले २४ रन बनाउँदा कप्तान पारस खड्का १९ रनमा पेभेलियन फर्किए। धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी,डन लरेन्स,योगेन्द्रसिंह कार्की र मन्जीत श्रेष्ठले एक एक विकेट लिएका थिए।