सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उपाधिका लागि चितवन राइनोज र पोखरा पल्टन भिड्ने भएका छन्। फाइनल खेल मंगलबार हुनेछ।
घरेलु टोली पोखरा पल्टन लिग चरणको खेलबाट शीर्ष स्थानमा रहदैं फाइनलमा शनिबारनै पुगी सकेको थियो। आइतबार फाइनल पुग्ने दोस्रो टोलीको टुंगो इलिमेटर राउण्डबाट छिनोफानो भएको हो। समूह चरणको खेलमा दोस्रो र तेस्रो स्थानमा रहेका चितवन राईनोज र काठमाडौं रोयल्स भिडेका थिए । जसमा पारस खड्काको कप्तानीमा रहेको चितवनले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं माथि ६ विकेटको जित निकालेको हो।
काठमाडौंले दिएको ९५ रनको लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्न सफल भयो। चितवनको जितमा स्मित पटेलले ३८ रन बनाए। हरिशंकर साहले २६ रन जोड्दा आरिफ शेख र सन्नि पटेल क्रमश २० र ६ रनमा नट आउट रहे। काठमाडौंका सुशन भारीले ३ विकेट लिँदा पवन सर्राफले १ विकेट हात पारे । त्यसघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं कुनै पनि बेला चितवनका बलरमाथि हाबी हुन सकेन।
काठमाडौं १९.३ ओभमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिन पुग्यो। काठमाडौंमाथि हावी हुने क्रममा चितवनका शन्नि पटेलले महत्वपूर्ण तीन विकेट लिएका थिए। यसैगरी भुवन कार्की र स्मित पटेलले दुई दुई विकेट लिएका थिए। पारस खड्का र करन केसीको नाममा पनि एक एक विकेट रह्यो।
कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन जोड्दा जयकृष्ण कोल्सावलले २५ रन बनाएका थिए। अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउँन सकेनन्। अमित श्रेष्ठ र अमरसिंह रौटेलाले ९–९ रन जोड्दा आदिल खानले ८ रन बनाए । तीन जनाले खातनै खोल्न पाएनन् भने अरु तीन जनाले खाता खोले पनि ३ रन भन्दा बढी जोड्न सकेनन्।
पीपीएलको विजेता टिमले २७ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्बोत्कृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि मोटरसाइकल पुरस्कार पाउनेछन्। नेपाली क्रिकेट इतिहासमै पहिलो पटक एकै प्रतियोगितामा तीन जना खेलाडीलाई मोटरसाइकल पुरस्कार दिन लागिएको हो। विजेताले सुजुकी जिक्सर मोटरसाइकल पुरस्कार पाउनेछन्।