पेरीस मास्टर्स टेनिसको उपाधि रसियन खेलाडी कारेन काचानोभले जितेका छन।
फाइलनमा सर्वियन नोभाक जोकोभिचलाई हराउदै कारेन सन् २००९ पछि एटीपी मास्र्टसको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन।नयाँ बरियतापछि विश्व नम्वर एक हुने खेलाडी जोकोभिचलाई दुई शुन्यको सोझो सेटमा हराउदै कारेनले करियरको ठुलो उपाधि उचाले। २२ बर्षे कारेनले एक घण्टा ३७ मिनेट कोर्टमा विताउदै जोकोभिचलाई ७–५ र ६–४ को सेटमा पाखा लगाए।
यसका साथै उनले जोकोभिचको २२ खेलको अपराजित यात्रामा पनि पुर्णविराम लगाएका छन। १४ पटकको ग्राण्डस्लाम विजेता जोकोभिच हारपछि पनि आज सार्वजनिक हुने विश्व बरियतामा शिर्ष स्थानमा उक्लनेछन। उपाधिसँगै कारेन विश्व बरियतामा ११ औं स्थानमा उक्लिएका छन।
यस्तै उनी सन् २००९ पछि एटीपीको उपाधि जित्ने पहिलो रसियन खेलाडी बनेका छन। सो बेला नीकोलोय डेभाडेन्कोले यो उपाधि जितेका थिए। पेरीस मास्र्टसको खेल अवधीभर फ्लु बाट गुज्रिएका जोकोभिचले फाइनलमा पनि पुर्णरुपमा स्वस्थ नभएको बताएका थिए।