पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पीपीएलको फाइनल खेल भोलि हुदैंछ। उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन्।
पोखरा पल्टनको कप्तानी शरद भेषावकरले गरेका छन् भने चितवनको कप्तानी पारस खड्काले गरेका छन्। पोखरा समूह चरणमा शीर्ष स्थानमा रहदैं पीपीएलको फाइनलमा पुगेको हो भने चितवनले काठमाडौं रोयल्सलाई इलिमिटर राउण्डमा पराजित गरेको थियो।
उपाधि विजेतालाई प्रदान गरिने ट्रफी आज दुई जना कप्तानले पोखराको सारङकोटमा सार्वजनिक गरेका हुन्। यसअघि प्रतियोगिता शुरुहुने बेला सहभागि ६ टिमकै कप्तानले पोखराको फेवा तालमा ट्रफी सार्वजनिक गरेका थिए।
सर्वाधिक ठूलो पुरस्कार राशीको यस पीपीएलको उपाधि विजेताले नगद २७ लाख प्राप्त गर्ने छ भने उप विजेता हुनेले १० लाख रुपैयाँ पाउने छ। यसैगरी उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ।