टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम आज स्वदेश फर्किँदै छ।
ऐतिहासिक सफलतासहित नेपाली टिम दिउँसो १२ बजेर ३० मिनेटमा नेपाल आईपुग्ने छ।म्यानमारमा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको पहिलो राउण्डमा नेपाल उत्कृष्ट तेस्रो हुदै दोस्रो चरणमा प्रवेश गरेको हो।
नेपालले समूह सी ३ खेलबाट ३ अंक बनाउँदै तेस्रो भएको थियो। तेस्रो स्थानमा भएका उत्कृष्ट २ टिमले दोस्रो चरणमा पुग्ने प्रावधान थियो। यसैअनुसार नेपाल ओलम्पिकको दोस्रो चरणमा छनोट हुन सफल भएको हो।