अाईसीसी महिला टी–२० विश्वकप अन्तर्गत भारत समूह बीबाट विजेताकाे रुपमा सेमिफाइनलमा प्रवेश गरेकाे छ।
शनिबार राति समूह चरणकाे अन्तिम खेलमा अष्ट्रेलियामाथि ४८ रनकाे जित निकाल्दै भारत समूह विजेता वनेकाे हाे।
टस जितेर पहिला ब्याटिङ गरेकाे भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनको विशाल योगफल तयार पारेको थियो। भारतका लागि स्मृति मन्धनाले ८३ रनको उत्कृष्ट इनिङ खेलिन्।
यस्तै हर्मनप्रित कौरले ४३ रन जोडिन्। बलिङतर्फ एलिसे पेरीले ३ विकेट लिइन् भने डेलिसा केमिन्स र अश्लेघ गार्डनरले २–२ विकेट लिए।
१६८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा चार बलमा ११९ रनमा अलआउट भयो। यसअघि नै सेमिफाइनलमा पुगिसेकेको अष्ट्रेलियाका कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्। उसका लागि एलिसे पेरीले दिएको अविजित ३९ रनको योगदान नै सर्वाधिक रन थियो।
अश्लेघ गार्डनरले २० र बेथ मुनिले १९ रन जोडे। अष्ट्रेलियालाई कम स्कोरमा रोक्नका लागि अनुजा पाटिलले ३ विकेट लिइन भने दिप्ती शर्मा, राधा यादव र पुनम यादवले २–२ विकेट लिए। शनिबारै भएको अर्को खेलमा न्युजिल्याण्डले आयरल्याण्डमाथि ८ विकेटको सान्त्वना जित हात पारेकाे थियाे।