सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो। खेल अवधिभर दुई टोलीले राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन्।
बराबरीमा रोकिएसँगै आर्मीले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। बराबरीसँगै आर्मी ६ खेलबाट १४ अंक जोड्दै लिगको चौथा स्थानमै यथावत रहेको छ। फ्रेण्ड्स भने ६ खेलबाट ५ अंकका सात १० औं स्थानमा छ।
शीर्ष स्थानको मनाङको समान खेलबाट १८ अंक छ भने दोस्रो स्थानमा रहेको थ्रीस्टारको १५ अंक छ।