इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
गएराति भएको खेलमा इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको हो।
घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सको जितमा मारियो मान्डुकिजले गोल गरेका थिए। खेलको ६६ औं मिनेटमा मान्डुकिजले गरेको गोल नै निर्णायक बन्यो।
जितसंगै लिग लिडर युभेन्ट्सले दोस्रो स्थानको नेपोलीसँगको अंक दूरी ११ ले बढाएको छ। युभेन्ट्सले १५ खेलबाट ४३ अंक जोडेको छ भने दोस्रो स्थानको नापोलीको १४ खेलबाट ३२ अंक छ। पराजित इन्टर मिलानको १५ खेलबाट २९ अंकका साथ लिगको तेस्रो स्थानमा छ।