सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस र हिमालयन शेर्पा क्लबबीचकाे खेल बराबरीमा सकिएकाे छ।
सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा भएको खेलमा पुलिस र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका हुन्। खेलमा सुरुवाती अग्रता भने नेपाल पुलिसले लिएको थियो। नेपाल पुलिसका भरत शाहले खेलको ३१ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेलको ७० औं मिनेटमा विश्वास श्रेष्ठले हिमालयन शेर्पाका लागि बराबरी गोल फर्काए। बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाडेका हुन्।
बराबरीसँगै ७ खेलबाट ११ अंकका साथ पुलिस लिगको पाँचौ स्थानमा यथावत छ भने समान खेलबाट ११ अंक नै जोडेको हिमालयन शेर्पा गोल अन्तरमा पछि पर्दै तालिकाको छैठौं स्थानमा छ। खेलमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका थिए।