नेपाली क्रिकेट विवाद समाधानका लागि आइसीसीले गठन गरेको स्वतन्त्र समितिको बैठकले नेपाली क्रिकेटको विवादको निकास सहमती नजिक पुगेको छ ।
शनिबार बसेको स्वतन्त्र समितिको बैठकले २ महिनामा तोकेको सबै काम पुरा गर्न टाइमलाइन तोकेको छ । बैठकले जिल्ला निर्वाचन कुन किसिमले गर्ने भनेर एक सातामा माइनुट पठाउने भएको छ । यसका साथै जिल्ला निर्वाचनमा कसरी जाने र निर्वाचन भइसकेका जिल्लाहरु सहि तरिकाले भएका छन की छैन भनेर बिस्तृत विवरण यहि महिना भित्र स्वतन्त्र समितिकोलाई पठाउने भएको छ ।
आइसीसीका प्रतिनिधी सहितको बैठकले हालको अडचन समाधानका लागि २४ फेब्रेवरी सम्मको समय तोकेको स्वतन्त्र समितीका सदस्यले बताए । सोही महिना आइसीसीको बोर्ड बैठक बस्दैछ । सो निर्वाचनसम्म स्वतन्त्र समितीले सबै जिल्लामा आधिकारीक रुपमा निर्वाचन गर्न सकेमा र अरु अड्चनलाई पार गरेमा नेपालको निलम्बन फुकुवा हुने देखिएको छ ।
क्यान निर्वाचन हुँदा कुल ३९ मध्ये ३७ जिल्लाको निर्वाचन भइसकेको थियो भने दुई जिल्लामा हुँन बाँकि रहेको थियो । अब ती ३७ जिल्लाको निर्वाचन बैधानिक रुपमा भएको छ की छैन भनेर अध्ययन हुनेछ ।यसका साथ निर्वाचित क्यानले अदालतको मुद्धा फिर्ता लिनका लागि मागेको विश्वश्नियतामा पनि आइसीसीका पदाधिकारीले टाइमलाइन पनि दिएका छन । २ दिन बस्ने भनेको बैठक शनिबार नै सकिएको छ ।