तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा विराटनगर वारियर्सले पहिलो खेलमा जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रियट्सले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको विराटनगरले ललितपुरलाई ३ विकेटले पराजित गर्दै सुखद शुरुआत गरेको हो ।
ललितपुरले टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै एक सय चार रन बनायो । बलिङ तर्फ बिराटनगरका करण केसी र रे भान डेल र्मेवीले दुई दुई विकेट लिए । एक सय ५ रनको लक्ष्य पक्ष्याएको विराटनगरले एक बल बाँकि हुँदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो । बलिङ तर्फ ललितपुरका गौरव तमोरले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।