इग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले पहिलो हार ब्यहोरेको छ। गएराति भएको खेलमा सिटी चेल्सीसँग दुई शुन्य गोलले पराजित भयो।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा कान्टे र डेविड लुइजले एक एक गोल गरे। रोमाञ्चक बनेको खेलको पहिलो हाफको अन्तिममा इडेन हाजार्डको पासमा कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।
१५ खेलसम्म अपराजित यात्रा गरेको सिटीलाई पहिलो हार चखाउने क्रममा चेल्सीका लागि ७८ औं मिनेटमा डेविड लुइजले फेरी हाजार्डको पासमा गोल गर्दै अग्रता दुई शुन्यमा पुर्याए। त्यसपछि सिटी खेलमा फर्कन सकेन र पराजित भयो।
सिटीको हारले लिभरपुललाई फाइदा भएको छ। हारपछि सिटी फेरी शिर्ष स्थानमा फर्कन सकेन। लिभरपुलको ४२ र सिटीको ४१ अंक छ। चेल्सीले उल्भ्ससँगको हारपछि सिटीलाई पराजित गर्दै उत्कृष्ट कमब्याक गरेको छ।