रियल मड्रिड स्पेनिस ला लिगामा हुएस्कालाई १ – ० गोलले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ। हुएस्काको मैदानमा रियललाई जित दिलाउन ग्यारेथ बेलकाे एकमात्र गाेल निर्णायक बन्याे।
रेलिगेसन जाेनमा रहेकाे हुएस्काविरुद्ध रियलले आठौं मिनेटमा गाेल गरेकाे थियाे। बाँकि समयमा गाेल गर्न सकेन। जसका कारण बेलकाे एकमात्र गाेल तीन अंकका लागि पर्याप्त बन्याे।
याे सिजन खराब फर्ममा रहेकाे रियलकाे लिगमा आठौं जित हाे। जितसँगै रियलले १५ खेलबाट २६ अंक जोडेको छ। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ५ अंकले पछि छ।