अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेट भारतले ३१ रनले जितेको छ।
भारतले दिएको ३२३ रनको लक्ष्य पछ्याएको घरेलु टाेलि अष्ट्रेलिया २९१ रनमा समेटिएको थियो। पहिलो पारिमा २५० रन बनाएको भारतले अष्ट्रेलियालाई २३५ रनमा रोकेर दोस्रो पारि सुरु गरेको थियो।
दोस्रो पारिमा ३०७ रनमा अल आउट भएपछि अष्ट्रेलियाले ३२३ रनको सामान्य लक्ष्य पाएको थियो। तर पाँचौ दिनको दोस्रो सेसनमा अष्ट्रेलिया २९१ रनमा समेटियो। भारतका जसप्रित बुमराह, रविचन्द्र आश्विन र मोहम्मद सामीले तीन तीन विकेट लिएका थिए।
अष्ट्रेलियाका सौन मार्साले सर्वाधिक ६० रन जोड्दा टिम पेनले ४१ रन बनाए। अन्तिमसम्म टिकेर नाथन लियोन नट आउट ३८ रन बनाए। जितसँगै भारतले चार टेस्टको श्रृंखलामा १–० को अग्रता बनाएको छ।