एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत आज पनि २ वटा खेल हुने भएका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज विहान हुने पहिलो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज भिड्ने छन्। जारी प्रतियोगितामा एकमात्र विदेशी कप्तान रहेको पोखराले लगातार २ खेल गुमाएको छ।
नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको नेतृत्वमा रहेको विराटनगर आज दोस्रो खेल खेल्दै छ। पहिलो खेलमा ललितपुरमाथि जित निकालेको विराटनगरको उच्च मनोबल रहेको छ।
यस्तै आजै दिउँसो १ बजे सोही मैदानमा जारी लिगको सातौं खेल अन्तर्गत भैरहवा ग्लाडियटर र चितवन टाइगर्स आमने सामने हुने छन्।
भैरहवाले पहिलो खेल जितेको छ भने चितवनले लगातार २ खेल गुमाएकाे छ।