एभरेष्ट प्रिमिएर लिग क्रिकेट इपीएलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई ९२ रनको लक्ष्य दिएको छ।
टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १८.४ ओभरमा ९१ रन बनाउँदै समेटिएको थियो।
विराटनगरलाई थोरै स्कोरमा रोक्ने क्रममा भैरहवाका मोहमद नाभिदले ४ तथा कृष्ण कार्की र अभिनास बोहराले दुई दुई विकेट लिए।
विराटनगरका लागि पारस खड्का,अनिल साह,बाबर हायात र आशिफ शेखले रन बनाउन नसके पछि २० रन बनाउँदा चार विकेट गुमाएको थियो।
रिलोफ भार डेर मेरविले सर्वाधिक २५ रन जोड्दा करन केसीले १८ रन बनाए। यसैगरी सुमित महर्जनले १५ रन बनाए भने हरि चौहान १३ रनमा नट आउट रहे।