शहीद स्मारक ए डिभिजन लिगमा अाजदेखि आठौं चरणका खेल हुँदैछन्।
अाजहुने तीन खेलमध्ये पहिलो खेल न्यूरोड टिम एनआरटी र सरस्वती युवा क्लबवीच हुनेछ। सात खेल सकिँदासम्म एउटामा पनि जित निकाल्न नसकेको एनआरटी पहिलो जितको खोजीमा छ।
उसले ६ वटा खेलमा पराजय र एकमा बराबरी खेल्दै एक अंक जोडेको छ। सरस्वतीले भने दुईवटामा जित र पाँचवटामा पराजय भोग्दै तालिकामा ६ अंक बनाएको छ।
सातदोबाटोमै अर्को खेल संकटा र हिमालयन शेर्पा क्लबवीच हुनेछ। उपाधि जित्ने दौडमा रहेको संकटा सात खेलबाट १८ अंक जोड्दै तेस्रो स्थानमा छ।
हिमालयन शेर्पा क्लब भने ११ अंक सहित छैटौं स्थानमा छ। संकटा जित निकाल्दै उपाधि अभियानमा आफुलाई कायम राख्न चाहन्छ। हलचोकस्थित एपीएफ मैदानमा घरेलु टिम एपीएफ र जावलाखेल युथ क्लब खेल्दैछन्। एपीएफ १० अंकसहित आठौं स्थानमा छ। सात खेल सकिँदा एउटा जित, एक बराबरी र पाँच हार खेलेको जावलाखेल भने चार अंक सहित एघारौं स्थानमा छ।