सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गरेको छ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सरस्वतीले एनआरटीलाई १–० ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सरस्वतीले पेनाल्टीमार्फत गोल गरेको थियो।
सरस्वतीका लागि खेलको ७३ औं मिनेटमा पाएको पेनाल्टीमा विदेशी खेलाडी भिक्टर ओम्बेले गरेको गोल नै निर्णायक बन्यो। एनआरटी क्लब जारी ए डिभिजन लिगमा एउटा पनि जित निकाल्न सकेको छैन।
जितसँगै सरस्वतीको ८ खेलबाट ९ अंकका साथ तालिकाको ९ औं स्थानमा छ। एउटा पनि जित निकाल्न नसकेको एनआरटी १ अंकका साथ पुछारमा छ।