ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ । उपविजेता भैरहवाले भने १० लाखमा चित्त बुझाउनु पर्याे ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा ललितपुरले दिएको १५६ रनको लक्ष्य भैरहवाले भेटाउन सकेन । उस्ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो ।
लगातार दबावमा परेको भैरहवालाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो तर, दुई रन आउटसहित तीन विकेट गुमाउँदै १४ रनको हार स्वीकार गर्यो ।यसअघि ललितपुरले निर्धारित २० ओभर सकिन पाँच बल बाँकी छदा सबै विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरको सुरुवात राम्रो थियो ।