फिफा क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ। युएईको आबु धावीमा भएको खेलमा घरेलु टिम अल ऐनलाई ४–१ ले हराउँदै रियल लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भयो।
समग्रमा रियलको यो चौथो क्लब विश्वकप उपाधि हो। १४औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा रियल १–० ले अघि रह्यो।
मर्कोस लोरेन्टेले २५ यार्ड टाढाबाट हानेको प्रहार गोलमा परिणत भएपछि रियलले खेलको ६०औं मिनेटमा रियलले अग्रता २–० मा लम्ब्यायो। ७८औं मिनेटमा सर्जियो रामोसले लुका मोड्रिचको कर्न प्रहारलाई हेडमार्फत गोलमा परिणत गरेपछि रियलले उपाधि करिब करिव निश्चित बनायो।८६औं मिनेटमा शुकासा शिओटानीले अल ऐनका लागि गोल गर्दै रियलको अग्रता घटाउने प्रयास गरेपनि इन्ज्युरी समयमा याया नदेरले इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि रियल ४–१ ले विजयी भयो।