राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शतप्रतिसत जित आत्मसाथ गर्दै मनाङ् मस्र्याङ्दी क्लबले उपाधिको दाबेदारिता प्रस्तुत गरेको छ । दशौं चरणको खेलमा मनाङ्ले नेपाल पुलिसको चुनौति १–० ले परास्त गदै मनाङ्ले तालिकामा पाँच अंकको अग्रता लिएको छ ।
लिगमा अब प्रत्येक टिमले तीन खेल खेल्न बाँकी रहँदा उपाधि जित्नका लागि मनाङलाई पाँच अंक पर्याप्त हुनेछ । अब मनाङ्ले संकटा फ्रेण्ड्स र हिमालयन शेर्पा क्लबसँग खेल्न बाँकी छ । मनाङ्ले एघारौं चरणमा संकटाको सामना गर्नेछ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा आईतबार भएको भएको खेलमा मनाङ्लाई जित दिलाउन अदेलाजा सोमाइदेको दोस्रो हाफको गोल निर्णायक बन्यो ।
उनले खेलको ५२औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । जीतसँगै मनाङले १० खेलमा ३० अंक बनाएको छ । दोस्रो स्थानको संकटाको २५ अंक छ । त्यस्तै आईतबार नै भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए ।
पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफको ५६औँ मिनेटमा एपिएफका आशिषले पहिलो गोल गरे । यस्तै खेलको ८५औँ मिनेटमा उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै व्यतिmगत दोस्रो तथा विजयी गोल गरे । जितसँगै एपिएफ १० खेलबाट १६ अङ्क जोड्दै तालिकाको पाँचाँै स्थानमा उक्लिएको छ । आर्मी १८ अङ्कसहित चौँथो स्थानमा यथावत छ ।