शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि ११औं चरणको खेल शुरु हुँदै छ। आज ३ वटा खेल हुने छन्।
आज विहान ११ बजे हुने पहिलो खेलमा विहान ११ बजे हुने खेलमा ८ औं स्थानमा रहेको शेर्पा र १२ औं स्थानमा रहेको ब्रिगेड भिड्ने छन्।
जित निकाल्दै शेर्पा पाँचौ स्थानमा उक्लने प्रयासमा हुँदा ब्रिगेड विजयी भए दुई स्थान माथि उक्लने छ। दिउँसो साढे २ बजे एन्फा मैदानमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लब भिड्दा एपीएफ मैदानमा न्यूरोड टिम एनआरटी र फ्रेण्डस क्लब आमने सामने हुने छन्।
१० औं स्थानको जावलाखेल विजयी भए एक खुड्किलो माथि उक्लने छ। तर मछिन्द्र विजयी हुँदा पुछारबाट पाचौं स्थानमा पुग्ने छ।
एपीएफ मैदानमा एनआरटी पहिलो दोस्रो जितको खोजिमा हुँदा फ्रेण्ड्स तेस्रो जित निकाल्ने दाउँमा हुने छ।