नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्समा उत्कृष्ट गोलकिपर घोषित भएका छन्।
माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई ‘धिवेही प्रिमियर लिग’ को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलका चेम्जोङले ‘माल्दिभ्स फुटबल अवार्ड’ जितेका हुन्।
किरण तीन साताअघि उत्कृष्ट गोलकिपरको मनोनयनमा परेका थिए। किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलेका थिए।