इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन्। गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ३–१ ले हरायो।
खेलमा म्यान सिटीलाई विजयी गराउन डेभिड सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गर्दा साउथह्याम्पटनका वार्ड प्रौजले एक आत्माघाति गोल गरे। गएराती भएको अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो। चेल्सीका लागि एन्गोलो कान्तेले निर्णायक गोल गरे।
प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ४–१ ले हराएको छ। म्यान्चेस्टर युनाईटेडका लागि पउल पोग्बाले दुई गोल गर्दा मार्कस रास्फोर्ड र रोमेलु लुकाकुले एक एक गोल गरे।
बर्नमाउथका नाथन आकेले एक गोल फर्काए। गएराती बर्नलेले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हरायो। गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २० खेलबाट ५४ अंक जोडेको लिरभपूल शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ४७ अंक छ।
४५ अंक जोडेको टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ भने ४३ अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाचौैं स्थानमा छ।