नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दीप लामिछाने बिग बास लिगको चौथो खेल पनि विकेट लिन सफल भएका छन्।
मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले मंगलबार डर्बी क्लब मेलबर्न रेनेगेड्सविरुद्ध दोस्रो ओभरमै विकेट लिन सफल भएका हुन्।
बिग बासको चौथो खेल खेलिरहेका सन्दीपले मेलबर्न रेनेगेड्सका कप्तान टोम कोपरलाई बोल्ड आउट गरे। आफ्नो दोस्रो ओभरको अन्तिम बलमा सन्दीपले सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा मेलबर्न रेनेगेड्सका कप्तान कोपरलाई बोल्ड आउट गरेका हुन्।
पहिलो ओभरमा ११ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ४ रन खर्चिँदै एक विकेट लिए।
बिग बास लिगमा याेसँगै सन्दीपले ४ खेलमा ८ विकेट लिन सफल भए। सन्दीपले यसअघि सिड्नी थन्डर, सिड्नी सिक्सर्स र होबर्ट हुुरिक्यान्सका कप्तानको विकेट लिएका थिए।