पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ग्लोब सकर अवार्डमा जितेका छन्।
गएराति दुबईमा भएको समारोहमा युभेन्टसका खेलाडी रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड थापे। यसका साथै उनले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जिते। च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडमा हुँदा युभेन्टसविरुद्ध गरेको उनको गोल उत्कृष्ट ठहरियो।
यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक फ्रान्सका डिडियर डेस्च्याम्पले पाए। डेस्च्याम्पले फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका थिए। वर्ष २०१८ को उत्कृष्ट क्लबको अवार्ड भने एट्लेटिको मड्रिडले जित्यो।
धेरै क्लबमा प्रशिक्षण गरेका प्रशिक्षक फाबियो कापेलो करियर कोच अवार्डबाट सम्मानित भए।