सहिद स्मारक ए डिभिजन लिगको आफ्नो अन्तिम खेलमा च्यासलले जावलाखेसँग एक-एक गोलको बराबरीमा चित्त बुझाएको छ ।हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा शनिबार भएको खेलमा जाउलाखेलले एक गोलको अग्रता जोगाउन सकेन।
खेलको १० औ मिनेटमा अर्जुन सिंहले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा च्यासलले पेनाल्टी मार्फत गोलगर्दै बराबरी गर्न सफल भयो । च्यासलका सन्नी ब्यञ्जनकारलाई डिबक्समा लडाएपछि छिरीङ गुरुङले गोल गर्न सफल भए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र एक एकको बराबरीमा खेल सकियो ।
यो बराबरीले च्यासलको १६ अंक भएको छ भने जाउलाखेलको १३ अंक छ । यस्तै विभागीय टिम नेपाल पुलिस क्लवले अन्तिम खेलमा सरस्वती क्लवसँग एक-एक गोलको बराबरीमा चित्त बुझाएको छ। यो बराबरीले पुलिसको शिर्ष ६ मा पर्ने सम्भावना कठिन भएको छ।
हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा त्यसोस सरस्वतीले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४९ औं मिनेटमा पुलिसका खेलाडीले डिबक्समा फल गरेपनि पाएको पेनाल्टीलाई सरस्वतीका भिक्टरले गोमा परिणत गरे ।
तर त्यसको तीन मिनेटपछि नै पुलिसले खेल बराबरी गर्यो । उसका लागि रवीशंकर पासवानले गोल गर्न सफल भए । उनले नीरकुमार शाहको पासको सदुपयोग गरे । त्यसपछि पनि पुलिसले केहि मौका पाएपनि सफल भएन । तीन पटकका च्याम्पियन पुलिसले यो बराबरीपनि अंक तालिकामा १९ अंक बनाएको छ ।