धनगढी प्रिमियर लिगका लागि खेलाडीको अक्सनमा ७ खेलाडीले अधिकतम मुल्य पाएका छन्। जसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललित भण्डारी र विनोद भण्डारी रहेका छन्।
शनिबार काठमाडौंमा भएको अक्सनमा सुरुवाती तीन खेलाडी विक्रि भएनन्। यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो। जसमा प्रदिप ऐरी अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले ड्र बाट टिममा भित्र्यायो। उनलाई खरिद गर्न तीन टिम बीच प्रतिस्पर्धा चलेको थियो।
यस्तै ललित भण्डारीले पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद गर्यो। ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदिपको ५० हजार रहेको थियो। यस्तै आरिफलाई महेन्द्रनगरले महंगा रकममा अनुबन्ध गर्यो। विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायो। यस्तै पवन सराफ २ लाख ५० हजारमा ड्र बाट धनगढीले लियो भने भिम शार्की सोहि रकममा ड्र बाट रूपन्देहीले लिन सफल भए। ललित नारायण राजवंशी २ लाख ५० हजारमा काठमाडौंले किन्यो।
राष्ट्रिय टिमका कप्तान पारस खड्काले व्यक्तिगत कारण प्रतियोगिता नखेल्ने अनी भेट्रान शक्ति गौचनले सन्यास लिएका कारण यस पटक रणनीतिक खेलाडीमा परिवर्तन भएको छ। विराटनगरले पारसको स्थानमा करण केसीलाई रणनीतिक खेलाडी बनाएको छ।
यस्तै महेन्द्रनगर युनाइटेडले गत सिजनका रणनीतिक खेलाडी विनोद भण्डारीको स्थानमा शरद भेषावकरलाई राखेको छ। शरदले गत सिजन डीपीएल खेलेका थिएनन्। डीपीएलको तेस्रो संस्करणका लागि यसअघि लगातार दुई पटक च्याम्पियन बनेको टिम चौराह धनगढीको नाम परिवर्तन गर्दै धनगढी स्टार्स राखिएको छ। टिमको रणनीतिक खेलाडीमा सोमपाल कामी यथावत छन्। यस्तै काठमाडौँ गोल्डेन्सको रणनीतिक खेलाडीमा ज्ञानेन्द्र मल्ल तथा सिवाइसी अत्तरियामा दिपेन्द्र सिंह ऐरी छन्।