इंग्लिस लिग कप फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ। गएराति भएको सेमिफाइनलनको पहिलो लेगमा सिटीले बुर्टन आल्बियोनलाई पराजित गरेको हो।
सिटीले बुर्टनमाथि ९–० को जित निकाल्न सफल भयो। सिटीका लागि ग्याब्रिएल जिससले चार गोल गर्दा केभिन डे ब्रायन, रियाद महारेज, फिल फोडन, जिन्चेन्को र कायल वाल्करल एक एक गोल गरेका थिए। जितसँगै म्यानचेस्टर सिटीले काराबाओ कप फुटबलको फाइनल यात्रा निश्चित पारेको छ।
दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन बुर्टनको मैदानमा हुनेछ।